‘मालिका’ पोस्टरमा महिलाका तीन रुप



रंगखबर, काठमाडौँ – कार्तिक १६ गते रिलिज हुने फिल्म ‘मालिका’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । रेखा थापा निर्देशित फिल्मका तीनै पोस्टरले महिलाका तीन रुप झल्काउछन् ।

महिला हिँसाका विरुद्द कथा भन्ने ‘मालिका’का पोस्टरमा महिलाको परिस्थिति, साहस र शक्तिलाई प्रस्ट्याउन खोजिएको छ । ‘हल्का माया’ बोलको गीत लोकप्रिय भैरहँदा, फिल्मको ट्रेलरले दर्शकबाट अत्याधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यहिँ फिल्मबाट कर्णाली प्रदेश, जाजरकोट जिल्लाकी कमला वलीले अभिनयमा डेब्यु गरेकी छन् । लिडमा भने रेखा स्वयम् छन् ।

सरस्वती थापाको निर्माण रहेको फिल्ममा नर कार्कीले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्