‘छक्का पन्जा ३’ले तोड्यो ‘छक्का पन्जा’को रेकर्ड ?



रंगखबर, काठमाडौँ – असोज २४ गते रिलिज भएको फिल्म ‘छक्का पन्जा’ शनिबारसम्म १८ औँ दिनमा सफलताका साथ प्रदर्शन भैरहेको छ । फिल्म ‘वर्ड अफ माउथ’ बलियो भैदिदा ‘छक्का पन्जा’ले लामो रेसको यात्रा तय गरेको छ ।

प्रदर्शनको सुरुवाती दिनमा नै थुप्रै रेकर्ड ब्रेक गर्दै अगाडी बढिरहेको फिल्म, सर्वाधिक ग्रसर ‘छक्का पन्जा’को नजिक पुगेको छ । १७ दिनसम्मको कलेक्सन १५ करोड माथि पुगेको निर्माण पक्षको दावी छ ।

१८ औँ दिनको कलेक्सनसँगै नयाँ रेकर्ड राख्नेमा निर्माण पक्ष आशावादी देखिएका छन् । शनिबार चाबहिलको गोपीकृष्ण हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका अभिनेता केदार घिमिरे (माग्ने बुढा)’ले ‘छक्का पन्जा’को रेकर्ड तोड्न एक कदम पछाडी रहेको बताए ।

उनले भने ‘१७ दिनको कलेक्सन १५ करोड माथि छ । शनिबारको कलेक्सनसँगै फिल्मले ‘छक्का पन्जा’को रेकर्ड तोड्ने पूर्वानुमान छ । १८ दिनसम्म १६ करोड २० लाख माथि कलेक्सन पुग्न सक्छ ।’

अर्का कलाकार जितु नेपालले, खुसि हुँदै दर्शकको मायाप्रति आभार प्रकट गरे । ‘हामीले कमाईको मामलामा रेकर्ड तोड्दै छौँ । दर्शकबाट यति धेरै विश्वास पाउनु नै हाम्रो लागि रेकर्ड हो ।’ जितुले भने ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ, दीपिका प्रशाई, शिशिर बांग्देल, निर शाह, लक्ष्मी गिरी, अनुराग कुँवर, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौडेललगायतका थुप्रै कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्