संचिताको ‘चम्कियो तारा चम्मक’ !



रंगखबर, काठमाडौँ – संचिता लुइँटेल स्टारर फिल्म ‘गुनगुन’को नयाँ गीत सार्वजनिक भएको छ । प्रेमभाव बोल्ने गीतमा संचितासँगै सन्नी ढकाल फिचर्ड छन् ।

‘चम्क्यो तारा चम्मक’ बोलको गीतमा मेलिना राई र दौलाई राईको स्वर छ । गीतमा प्रदीप भट्टराईको शब्द र बिकाश चौधरीको संगीत सृजना छ । गीतको भिडियो निर्देशन भने रामजी लामिछानेले गरेका हुन् ।

पुकार भट्टराईले फिल्मको निर्देशन, लेखन र निर्माणको पाटो सम्हालेका छन् । फिल्ममा संचिता र सन्नीका अलावा सुवाष मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, अनु भट्टराई, सुमेश श्रेष्ठ, देशभक्त खनाल, रविन्द्र लम्साल, बिमला मैनाली, बालदीप राईलगायतका कलाकारको अभिनय छ ।

कार्तिक ३० गते अलनेपाल रिलिज हुने फिल्ममा अर्जुन जिसीको सम्पादन र सौरव लामाको छायाँकन छ । फिल्मका कार्यकारी निर्मातामा एकराज उप्रेती र सहदेव पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्