एनटिभीमा जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’



रंगखबर, काठमाडौँ – हाँस्य कलाकार जितु नेपाल, टेलीसिरियल ‘जिरे खुर्सानी’मा ‘मुन्द्रे’को नामबाट खुबै लोकप्रिय भए । अहिले ठुलोपर्दामा होमिएका जितुलाई ‘मुन्द्रे’को परिचयले पछ्याउन छोडेको छैन ।

एकाध दर्शकलाई छोड्ने हो भने, जितुलाई अहिले पनि वास्तविक नाम भन्दा ‘मुन्द्रे’ भनेर चिनिन्छ । यहिँ मुन्द्रे नामको लोकप्रियता ‘क्याँस’ गर्न जितुले ‘मुन्द्रेको कमेडी क्लब’ नामक रियालिटी शो दर्शक माँझ ल्याउने भएका छन् ।

नेपाल टेलिभिजनबाट छिट्टै नै प्रसारण हुने कमेडी रियालिटी शोको संचालक जितु हुनेछन । आइतबार शोको दुई भाग छायाँकन गरिएको छ । पहिलो भागमा हाँस्य कलाकार दीपकराज गिरी र दोस्रो भागमा करिश्मा मानन्धरलाई दर्शकले देख्न पाउने छन् ।

‘छक्का पन्जा’ सिरिज निर्देशक दीपाश्री निरौला अध्यक्ष रहने शोमा राजाराम पौडेललाई पनि देख्न सकिनेछ । शोको प्रसारण अवधि १ वर्ष तय गरिएको छ । राम्रो लोकप्रियता कमाएमा शोको प्रसारण समय लम्बिन सक्ने जितुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्