धादिङबाट सुरु भएको ‘मालिका’ च्यारिटी देशैभर हुने



रंगखबर, काठमाडौँ – रेखा थापाको ‘मालिका’ले देशव्यापी च्यारिटी सुरु गरेको छ । यसको पहिलो च्यारिटी धादिङमा भएको छ । च्यारिटीमा सहभागी हुन् धादिङ पुगेकी रेखाले बुधबारदेखि देशका कुना-कुनामा फिल्मको च्यारिटी हुने जानकारी दिईन ।

बालविवाह विरुद्दमा निर्माण भएको फिल्मले च्यारिटीबाट सकारात्मक कमेन्ट पाएको रेखाले बताइन । उनले भनिन् ‘हलको सुविधा नभएका हरेक जिल्लाका सबै ठाउँमा ‘मालिका’को च्यारेटी हुन्छ। मालिका फिल्म मात्रै नभएर बाल बिवाह बिरुद्धको अभियान पनि हो ।’

रेखा थापा निर्देशित फिल्ममा रेखासँगै जाजरकोटी किशोरी कमला वलीको मुख्य भूमिका छ । नर कार्कीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता सरस्वती थापा हुन् । ‘मालिका’ कार्तिक १६ बाट देशैभर रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्