बिग बोस १२ : रोहितको सेक्सुअलिटीमा उठ्यो औला, आमाको यस्तो गुनासो



रंगखबर, काठमाडौँ –  बिग बोस सिजन १२ मा अहिले प्रतिष्पर्धीहरुले आ- आफ्नो खेल सुरु गर्न थालिसकेका छन । यसै बीच सो को ४० औँ दिनमा दुई जनाको वाइल्ड कार्ड इन्ट्री पनि पनि भै सकेको छ । रोहित सुचांती र  बिग बोस मराठीकि बिजेता रही सकेकी मेघा ढाडेले घरमा प्रवेश गरेसँगै तहल्का पनि मचाउन सुरु गरि सकेका छन । यसै बीच घरका केहि सदस्यहरुले रोहितको सेक्सुअलिटीलाई लिएर खिल्ल्ली उडाउन थालेका छन । घरका केहि प्रतिष्पर्धीले रोहित बोलि र हिडाईको खिल्ली गर्दै बिग बोसमा आउँन लायक नरहेको सम्म भनेका छन । अहिले सो कुराको खण्डन गर्दै रोहितकि माताले गुनासो पोखेकी छिन ।

रोहितकि माता लेख्छिन ‘ रोहित यति सानो उमेर मै यति धेरै पपुलर भै सकेको र परिवार र साथीहरुको राम्रो साथ पनि पाई रहेको र कसैले आफ्नो छोराको सेक्सुअलिटीको बारेमा टिप्पणी गर्दा चित्त दुख्ने गर्छ । उनले यति मात्र भनिनन यति उ सो मा जान योग्य थिएन भने बिग बोसले छान्यो त ?’ सो कुराको खण्डन गत बर्षका प्रतिष्पर्धी विकाश  गुप्ताले पनि गरेका छन ।

त्यसो त् बिग बोसको घर भित्र कसैको सेक्सुअलिटी पहिलो पटक भने औँला उठेको भने हैन । यस अघि बिकाश गुप्ता, सभ्या साँची, प्रियांक शर्मा जस्ता कन्टेस्टेन्टको सेक्सुअलिटीमा औँला उठिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्