मालिका च्यारिटी: हेर्नेले भन्छन ‘समाज परिवर्तनमा भूमिका खेल्छ’



रंगखबर, काठमाडौँ – रेखा थापाको ‘मालिका’लाई जोन्टा क्लब काठमाडौँले च्यारिटी मार्फत देखाएको छ । बुधबार राजधानीको कुमारी हलमा आयोजित च्यारिटीमा समाजसेवी, साहित्यकार, महिला अधिकारकर्मी र अभिनेत्रीहरु उपस्थित थिए ।

च्यारिटीमा उपस्थित झन्डै ४ सय जनाले ‘मालिका’को तारिफ गर्दै बाहिर निक्लिए । बालविवाह र महिला हिँसाका घटनाहरु प्रस्तुत गरेको फिल्मले समाजमा परिवर्तन ल्याउने अधिकाँसको धारणा थियो ।

जोन्टा क्लबकी अध्यक्ष मीरा ज्योति, आभा शाह, कमलकेसरी तुलाधर, सिमा गोल्छा, जया शाह, मून प्रधान, साहित्यकार अर्चना थापा, अमृता लम्साल, उमा सुवेदी, कुमारी लामा, मानवअधिकारकर्मी मोहना अन्सारीलगायातले फिल्म अत्याधिक रुचाए । ‘मालिका’ जस्तो फिल्म देशभरका नेपाली हेर्नु पर्ने उपस्थित महिलाहरुको तर्क थियो । देशमा भैरहेका महिला हिँसाका चरम घटना फिल्ममा समावेश गरेको भन्दै निर्देशक/अभिनेत्री रेखा थापाले बधाई पनि दिए ।

उता फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै ‘मालिका’ पुगेका करिश्मा र ऋचाले पनि फिल्म एकदम राम्रो बनेको प्रतिक्रिया दिए । फिल्मले उठाएको कन्टेन्ट एकदम बलियो रहेको दुवैको तर्क थियो ।

फिल्ममा रेखासँगै जाजरकोटी किशोरी कमल वलीको मुख्य भूमिका छ । सरस्वती थापाले निर्माण गरेको फिल्ममा नर कार्की कार्यकारी निर्माताको रुपमा छन् । फिल्म यहिँ शुक्रबार, कार्तिक १६ देखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्