तामझामसाथ ‘बिर बिक्रम २’ घोषणा, को-को छन् कलाकार ?



रंगखबर, काठमाडौँ – निर्देशक मिलन चाम्सले फिल्म ‘बिर बिक्रम २’को अफिसियल घोषणा गरेका छन् । विहिबार राजधानीमा खुबै तामझामका साथ फिल्मको घोषणा गरियो ।

घोषणा कार्यक्रममा फिल्मका कलाकारलाई ब्याण्डबाजासहित प्रवेश गराइएको थियो । फिल्ममा आकाश श्रेष्ठ, वर्षा सिवाकोटी र नाजिर हुसेनको मुख्य भूमिका रहनेछ । यसपटक फिल्ममा अघिल्लो सृंखलाका दयाहाङ राई, अनुपबिक्रम शाही र दीया पुन अटाएका छैनन् । फिल्मको कथा नयाँ भएकोले अघिल्ला कलाकार नअटाइएको निर्देशक चाम्सले जानकारी दिए । उनले भने ‘यो बिर बिक्रमको सिक्वेल होइन । कथा नयाँ भएकाले कलाकार पनि नयाँ नै राखिएको हो ।’

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आइको प्रोडक्सनमा निर्माण हुने फिल्ममा बुद्दि तामाङ, विनिषा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी, मनोज केसी, बालकलाकार मनिष लिम्बु र चौरी गाईको पनि अभिनय हुनेछ ।

आगामी नयाँ वर्षलाई रिलिज टार्गेट गरिएको फिल्मको छायाँकन कार्तिक २६ देखि सुरु हुँदैछ । सुदिप बरालले खिच्ने फिल्मको लोकेशन भने खुलाइएको छैन । निर्माण पक्षले फिल्म फ्रेस लोकेशनमा खिचिने बतायो ।

फिल्ममा प्रदीप भारद्वाजको कथा/लेखन, रंजित गजमेर/राजनराज सिवाकोटी/ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन रहेनछन ।

प्रतिक्रिया दिनुहोस्