बक्सअफिसमा पाँच फिल्म, ‘मालिका’ र ‘चङ्गा चेट’ देशैभर



रंगखबर, काठमाडौँ – तिहारको छेको पारेर आजबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । रेखा थापा निर्देशित ‘मालिका’ र दीपेन्द्र के खनाल निर्देशित ‘चङ्गा चेट’ यो साताका फ्रेस नेपाली रिलिज हुन् ।

त्यस्तै यो साता नेपाली बक्सअफिसमा हलिउडको ‘बोहिम्यान र्‍याप्सोडी’ र ‘द नट्क्रेकर एन्ड द फोर रियाम्स’ले पनि प्रदर्शन सुरु गरेका छन् । नेपाली फिल्म ‘बियोन्ड द क्लाउड्स’ पनि मल्टीप्लेक्सका केहि शोजमा प्रदर्शन भैरहेको छ ।

मल्टीप्लेक्स मात्र नभएर देशैभर प्रदर्शनमा आएका फिल्म हुन् ‘मालिका’ र ‘चङ्गा चेट’ । यी दुई फिल्म फरक जानराका हुन् । ‘मालिका’ सोसियल ड्रामा हो भने, ‘चङ्गा चेट’ डार्क कमेडी । बजारमा चौथों सातामा प्रदर्शनरत कमेडी फिल्म ‘छक्का पन्जा ३’सँग दुई फिल्मको प्रतिस्प्रर्धा रहनेछ ।

मालिका

छोरीका लागि स्वर्णिम नेपाल अभियानका लागि बनेको ‘मालिका’ले विशेषत बालविवाह विरुद्दको कथा भन्छ । महिला माथि हिँसा बलात्कार, बेचबिखन, घरेलु हिँसा, दाइजो प्रथा र लैंगिक असमानताका विषयलाई पनि ‘मालिका’ले उठाएको छ । प्रदर्शनपुर्व नै देशका बिभिन्न ठाउँमा फिल्मको च्यारिटी सम्पन्न भैसकेको छ । र प्रतिक्रिया शतप्रतिशत सकारात्मक छ ।

रेखा थापाको निर्देशन र अभिनय रहेको फिल्म सिंगलदेखि मल्टीप्लेक्सका दर्शकले हेर्न पाउने छन् । फिल्ममा नन-एक्टर कमला वलीको पनि मुख्य भूमिका छ । नर कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई सरस्वती थापाले निर्माण गरेकी हुन् ।

चङ्गा चेट

दीपेन्द्र के खनाल निर्देशित फिल्म मल्टीस्टार र गीत/संगीतका कारण चर्चामा छ । फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, सन्दीप क्षेत्री, परमिता राज्यलक्ष्मी राणा, रविन्द्रा झा, सुरक्षा पन्त, शिशिर बांग्देल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय छ ।

फिल्म मल्टीप्लेक्स र सिंगलका प्रायजसो स्क्रिन्सबाट प्रदर्शनमा आएको छ । व्यानर, निर्देशक, ट्रेलर, गीत/संगीतका कारण बक्सअफिसमा बलियो सम्भावना देखाएको फिल्मले रिलिजको मुखमा भने सोचेजस्तो हाइप बटुल्न सकेन । कारण मुख्य कलाकारले गरेको पब्लिसिटी व्यवास्ता ।

फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्