प्रसाद ट्रेलर: विपिन र नम्रताको प्रेममा निश्चल बाधक !



रंगखबर, काठमाडौँ – नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत स्टारर फिल्म ‘प्रसाद’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा अन्तरजातीय विवाह, निसन्तानको पिडा र साथिबीचको दुस्मनीका दृश्य महसुस गर्न सकिन्छ ।

दिनेश राउत निर्देशित फिल्मको ट्रेलर ‘नेपाल आइडल सिजन २’को मंचबाट सार्वजनिक गरिएको हो । ट्रेलर हेर्दा, निश्चल फिल्म भित्र  नेगेटिभ भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा देखाइएको नम्रता, विपिन र निश्चलविचको द्वन्दले ‘प्रसाद’ दर्शकलाई लागि प्रतिक्षित बन्न सक्छ ।

मंसीर २१ गते रिलिज हुने फिल्मका दुई गीत चार्टबस्टरमा हिट भैसकेका छन् । ‘लै लै’ र ‘बन्की चरी’ बोलको गीतलाई यतिबेला रुचाइएको छ ।

सुशील पौडेलले कथा लेखेको फिल्ममा सुभाष भुसालको संगीत, लोकेश बज्राचार्यको सम्पादन, शिव बिकेको कोरियोग्राफी र राजेश श्रेष्ठको डिओपी छ । फिल्मलाई शुवाश थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्