सन्नीले गरिन नेपाली फिल्मको तारिफ



रंगखबर, काठमाडौँ- पोर्न स्टार हुदै बलिउडमा जमिसकेकी अभिनेत्री हुन् सन्नी लियोनि । पछिल्लो समय उनि नेपाली सिनेवृत्तमा पनि चर्चित भैरहेकी छिन । सन्नी कै कारण घोषणा भए देखि नै चर्चामा आउँन सफल फिल्म हो ‘पासवर्ड’ । सोहि फिल्ममा आइटम डान्स गर्न लागेकी उनि सो गीत छायांकन अघि नै नेपाली सिने जगतमा चर्चित भै सकेकी छिन ।

अहिले भने उनै सन्नीले नेपाली फिल्मको बारेमा खुलेर नै तारिफ गर्न भ्याएकि छिन । उनले सो कुरा आफ्नो टुइटर मार्फत सेयर गरेकी छिन । सन्नी लेख्छिन ‘ म उक्त फिल्मको अंश हुन् पाएकोमा एकदमै खुसि लागेको र उक्त गीत गर्न आफु निकै नै उत्साहित छु ।’ अर्जुन पोखरेलको संगीत, विक्रम जोशीको शब्द रहेको गीतमा दुर्गा खरेलको स्वर रहेने छ ।

सम्राट बस्नेतको निर्देशनमा बन्ने चलचित्रमा अनुप विक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, लिशा सुनार, परी राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्