सुपरहिट ‘ए मेरो हजुर २’ युट्युबमा (पुरा फिल्म)



रंगखबर, काठमाडौँ – गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा रिलिज भएको छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको फिल्म २ घण्टा ४८ मिनेट ४५ सेकेन्ड लामो छ ।

झरना थापाको डेब्यु निर्देशनमा साम्राज्ञी राज्यलक्ष्मी राणा, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्दि तामाङ, अनुराग कुँवर, विल्सन बिक्रम राई, आसिन क्रिस्टल राज्यलक्ष्मी राणालगायतका कलाकारको अभिनय छ । यहिँ फिल्मबाट सलिनमानले अभिनयमा डेब्यु गरेका थिए ।

सुहना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्मित फिल्मले बक्सअफिसमा ८ करोड बढीको कलेक्सन गर्न सफल भएको थियो ।

बसन्त सापकोटा र कल्याण सिंहद्वारा संगीतवद्द गीतहरु चार्टबस्टरमा अत्याधिक हिट भएका थिए । २०७४ को हिट एल्बमहरुको लिस्टमा ‘ए मेरो हजुर २’को नाम पनि आउँछ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्