प्रदीप र जसिताको ‘लभ स्टेसन’ राजधानीमा



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’को ८० प्रतिशत छायाँकन सकिएको छ । अहिले फिल्मको छायाँकन काठमाडौँमा भैरहेको छ । काठमाडौँमा १० प्रतिशत छायाँकन गरिने निर्माण पक्षले बताएको छ । बाँकी १० प्रतिशत छायाँकन मनाङ र जापानमा खिचिने छ ।

उज्ज्वल घिमिरेले एक्सन कट गरिरहेको फिल्ममा, प्रदीपको अपोजिट जसिता गुरुङ छिन् । जसिताले प्रदीपको ‘लिलिबिली’बाट रजतपतमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाटै यो जोडीले अत्याधिक लोकप्रियता कमाएको थियो । दार्जिलिङ, खर्साङ, मिरिक र कालिङपोङमा ६० प्रतिशत छायाँकन गरिएको फिल्मको बाँकी २० प्रतिशत इलामका रमणीय खिचिएको थियो ।

तिहारसम्म काठमाडौँको छायाँकन सकिने निर्माता गोविन्द शाहीले बताएका छन् । सांगीतिक प्रेमकथामा आधारित फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतका कलाकारको पनि अभिनय छ ।

शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको संगीत रहेको फिल्मलाई आलोक शुक्लाले खिचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्