अमेरिकाका सबै रेकर्ड तोड्यो ‘छक्का पन्जा ३’ले



रंगखबर, काठमाडौँ – लगातार ३ वटा सिरिज सुपरहिट भए पछि ‘छक्का पन्जा’ नेपालमा मात्र हैन विदेशमा पनि चर्चाको शिखरमा छ । अहिले  “छक्का पन्जा ३ “ले एक पछि अर्को रेकर्ड बनाउदै गैरहेको छ । देश भित्र मात्र नभई विदेश मा पनि फिल्मको माग थेगी नसक्ने गरि बढेको छ । नेपाली चलचित्रको सबै भन्दा ठुलो बिदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ। अमेरिकामा यस अघि रिलिज भएका छक्का पन्जा, छक्का पन्जा २ र लूट २ को ३ हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई छक्का पन्जा ३ ले तोड्दै डालस टेक्सासमा लगातार १ महिना देखि प्रदर्शन भै रहेको छ ।

गत घटस्थापना देखि नेपाल प्रदर्शन भएको फिल्ममा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ । अमेरिकामा भने फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले फिल्मलाई अधिकारिक रुपमा बितरण गरेका हुन्

प्रतिक्रिया दिनुहोस्