भिलेनको फस्टलुकमा निखिलको एङ्घ्रि लूक्समा



रंगखबर, काठमाडौँ- फिल्म भिलेनको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक दुई पोस्टरमा एक्सन किङ्ग भनेर ट्याग पाएका अभिनेता निखिल उप्रेती फिचर्ड छन । पोस्टरमा निखिल एङ्घ्रि योङ्ग म्यानको लूक्समा प्रस्तुत भएका छन ।

द ग्लोबल पिक्र्चस प्रा.लि ब्यानर तथा कपिल खत्रीको प्रस्तुतिमा बनेको फिल्मलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण, देबेन्द्र पाण्डेको निर्देशन गरेका छन भने मौनता श्रेष्ठको लेखन,सौरभ लामा,मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ शाहिल खानको सम्पादन,बसन्त सापकोटा,बाबु गिरि,लालकुमार बरालको संगीत,सुक्रराज शाहको द्धन्द,दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ ।

पोस्टरसँगै फिल्मको सार्वजनिक मिति पनि तय गरिएको छ । अब भने फ्सो फिल्म यहि पौष २७ गते अल नेपाल प्रदर्शन हुदैछ । फिल्ममा निखिल उप्रेती,शिल्पा पोख्रेल,निशा अधिकारी र कपिल खत्रीले प्रमुख भुमिकामा अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्