करिश्माले महा-नायीकाको सम्मान



रंगखबर, काठमाडौँ- राजेश हमाल र करिष्मा मानन्धरको जोडीले नेपाली रजतपट क्षेत्रमा कुनै समय एक छत्र राज गरेको थियो । उनीहरुले संगै अभिनय गरेका फिल्म सुपर हिट भए। अहिले त नेपाली रजतपटमा नयाँ पुस्ता हाबी छन्। तर राजेश हमालले भने “महानायक ” को पदवी प्राप्त गरे। यो खुशीको कुरा हो। तर उनि संगै जोडी बनेर नेपाली फिल्म क्षेत्रलाई उत्तिकै योगदान पुर्याएकी अभिनेत्री करिश्मा मानन्धर भने महानायिका बन्न सकिनन्। उनि निर्मात्री बनिन् र अझै पनि यस क्षेत्रमा कर्मशील छिन्। तर हमाललाई ” महानायक” भन्न अग्रसर क्षेत्रले मानन्धरलाई भने यो उपाधि दिन चाहेन या भनौं दिनपर्छ भन्ने सोचेन।

नेपाल टेलिभिजनमा हरेक सोमबार राति ९ बजे प्रशारण हुने हाँस्य कलाकार जितु नेपालको बिशेष प्रस्तुति रहेको नयाँ कार्यक्रम ” मुन्द्रेको कमेडी क्लब “ले भने करिश्मा मानन्धरलाई ” महानायिका ” को पदवी ले सम्मान गरेका छन्। यही सोमबार उक्त कार्यक्रम मा करिश्मा मानन्धर लाई निम्त्याइएको थियो। निकै रमाइला कुराहरुका बीच उक्त शोका अर्का अतिथि केदार प्रसाद घिमिरे “माग्ने बूढा ” ले अभिनेत्री करिश्मा मानन्धरले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई ” महानायिका ” पदवी ले सम्मान गर्नुपर्ने प्रस्ताब राखे। उनको प्रस्तावलाई कमेडी क्लबकी अध्यक्ष दिपा श्री निरौलाले पारित गरेकी छिन।

प्रतिक्रिया दिनुहोस्