फ्राईडे रिलिज: दैलो भर्सेस गुनगुन



रंगखबर, काठमाडौँ- फ्राईडे रिलिज अन्तर्गत यो हप्ता २ वटा फिल्महरु दैलो र गुनगुन प्रदर्शनमा आएका छन । राधा पछि गुनगुन संचिता लुईटेलको कमब्याक फिल्म हो भने दैलोमा प्राय: सबै नयाँ कलाकारहरुकोले अभिनय गरेका छन ।

सुरेश उप्रेतीको  निर्देशित फिल्म दैलोमा नीलम उप्रेती कार्यकारी निर्माता रहेको फिल्मलाई अर्जुन उप्रेती र यसोधा उप्रेतीले निर्माण गरेका हुन् । फिल्ममा बिमलकुमार भट्टराईको छायाँकन,  तारा थापाको सम्पादन र लक्षु प्रकाश मल्ल/नीलम उप्रेतीको संगीत छ ।फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ ।

त्यसै गरि पुकार भट्टराई निर्देशित फिल्म गुनगुनमा एकराज उप्रेती र सहदेव पौडेलले निर्माण गरेको फिल्ममा बिकाश चौधरी/महाराज थापाको संगीत, हिमाल केसीको एक्सन, अर्जुन जिसीको सम्पादन र सौरभ जिसीको छायाँकन रहेको छ ।संचिता शिर्ष भूमिकामा अभिनित फिल्ममा सुभाष मेचे, रविन्द्र प्रताप सेन पनि मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्