‘साँईली’को फस्ट लुकसँगै रिलिज डेट सार्वजनिक



रंगखबर, काठमाडौँ- गयाक हेमन्त राणाको बहु चर्चित गीत बाट नाम सापट लिएर बनाईएको फिल्म ‘साँईली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा साँईली गीत मै अभिनय गरेर चर्चित बनेका कलाकारहरु मेनुका प्रधान र गौरभ पहरी अटाएका छन । पोस्टर सार्वजनिकसँगै फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्म यहि चैत्र १५ गते अल नेपाल प्रदर्शन हुनेछ ।

फिल्मलाई  ‘कब्बड्डी’ निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका छन भने विशाल गुरुङ र मोहन राना मगर लगानी रहेको छ । काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, आदि कलाकारहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्