‘सय कडा दश’को पहिलो गीत यस्तो बन्यो – भिडियो



रंगखबर, काठमाडौँ- हास्य कलाकार मनोज गजुरेलले निर्माण गरेको फिल्म ‘सय कडा दश’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘दाईलाई कुरा लाइदिनी’ बोलको गीतमा  तृषला गुरुङ र सन्देश पाठकले स्वर तथा कल्याण सिंहको संगीत रहेको छ भने रामशरण पाठकको शब्द रहेको छ । गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोलको अभिनय देख्न सकिन्छ ।

ष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ ले माघ १८ गतेलाई रिलिज मिति लक् गरिसकेको छ । रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ । पौडेल र गजुरेलसहित अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्