भुवन चन्दले गरिन ‘साईनो’को औपचारिक घोषणा



रंगखबर, काठमाडौँ- नेपाली फिल्म जगतकि पहिलो अभिनेत्री भुवन चन्दको लगानीमा बन्ने फिल्म ‘साईनो’को औपचारिक घोषणा भएको छ । आज भन्दा करिब ३१ बर्ष अघिको सफल फिल्म साईनोको नाम नै सापट लिएर बन्न लागेको उक्त फिल्ममा रमेश थापाको निर्देशन रहने छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गराउँदै फिल्मको घोषणा गरिएको हो ।

पारिवारिक प्रेम कथामा बन्न लागेको फिल्ममा भुवन चन्द, निता ढुंगाना, मिरुना मगर बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेलका साथमा नयाँ हिरो राजकुमारको अभिनय रहनेछ । सोमबारबाट फ्लोरमा जना लागेको फिल्मका कार्यकारी निर्माता भने निर्माता शरण थापा  रहनेछन ।

प्रतिक्रिया दिनुहोस्