सर्यो ‘दि कर्मा’को रिलिज डेट



रंगखबर, काठमाडौँ- मङ्सिर ७ गतेलाई प्रदर्शन मिति तय गरेको फिल दि कर्माको रिलिज डेट हेरफेर भएको छ । अब सो फिल्म माघ ४ गतेबाट प्रदर्शन हुने भनेको छ । बिशेष कारणले फिल्मको रिलिज डेट हेरफेर गरेको जानकारी निर्माता जयराज रायले दिएका छन ।

देवकुमार श्रेष्ठ निर्देशित फिल्मको टिजर पनि सार्वजनिक भैसकेको छ । फिल्ममा अष्ट महर्जनको एक्सन, सुशील पोखरेलको पटकथा/संवाद, जयराज रोयको कथा, तारा थापाको सम्पादन र रामेश्वर कार्कीको छायाँकन छ । जयराज रायले निर्माण गरेको फिल्ममा निशा खतिवडा निर्मात्रीको रुपमा छिन् ।

फिल्ममा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्