निर्देशन छोडेर निश्चलको अभिनय मोह



रंगखबर, काठमाडौँ-  सफल फिल्म ‘लुट’ निर्देशन गरेर चर्चा रहेका निर्देशक हुन् निश्चल बस्नेत । लुटको सिक्वल पछि निश्चल निर्देशनमा त्यति देखिएका छैनन । अभिनय मै ब्यस्त देखिएका निश्चलको भर्खरै मात्र नयाँ गीतमा कम्मर भाचेका छन । नाम नखुलाईएको गरुड पुराणको उक्त गीतको छायांकनका केहि तस्बिरहरु अहिले सामाजिक संजालमा सार्वजनिक भएको छ । जुन तस्बिर हेर्दा उनको इन्ट्री दमकेदार नै हुने अड्कल गर्न सकिन्छ । ‘म त पिरिममा’ बोलको गीतमा निश्चलसँगै कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन देखिएका छन् ।

गीतमा मात्र हो कि फिल्ममा पनि निश्चलको अभिनय रहनेछ भन्नेबारे निर्माण टिम अहिले सम्म केहि जानकारी दिएको छैन । कोसिस छेत्री र मनिषा पोखरेलको आवाज रहेको उक्त गीतमा कोशिश छेत्री कै संगीत रहेको छ । पारिवारिक प्रेम कथामा आधारित फिल्म यहि माघ ४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

निर्दशनमा अब्बल मानिएका निश्चलले लगातार अभिनयमा मात्र जोड दिए पछि कतै फिल्म नपाएर त् अभिनय गर्न थालेनन भन्ने प्रश्न अहिले सिने वृत्तमा चल्न थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्