केक काट्दै सकियो ‘लभ स्टेसन’को छायांकन



रंगखबर, काठमाडौँ-  प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’को छायाँकन सकिएको छ । फिल्मका निर्माण टिमले बुधबार बेलुका  केक काट्दै एण्ड क्ल्याप गरेको छ । बाँकी रहेको क्लाईमेक्सको फाईट सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । फिल्ममा, प्रदीपको अपोजिट जसिता गुरुङ छिन् । जसिताले प्रदीपको ‘लिलिबिली’बाट रजतपतमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाटै यो जोडीले अत्याधिक लोकप्रियता कमाएको थियो ।

सांगीतिक प्रेमकथामा आधारित फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतका कलाकारको पनि अभिनय छ । शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको संगीत रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् । फिल्मलाई गोविन्द शाहीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्