‘डोली’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- यहि मङ्सिर २८ गतेबाट अल नेपाल प्रदर्शन हुन् लागेको फिल्म डोलीको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु पृथ्वीराज प्रसाई, किशोर खतिवडा, संगीता नापित आदि कलाकार फिचर्ड छन ।

फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । निर्देशक सानेकै स्क्रिप्ट रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान,अर्जुन गुरुङ,नवीन रेग्मी,प्रशान्त भण्डारी,दामोदर खतिवडा,प्रिया रिजाल,हिउँवाला गौतमलगायतका कलाकारको अभिनय छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा सिडी अधिकारी/बाबुल गिरी/ पुरुषोत्तम न्यौपानेको संगीत, शंकर महर्जनको द्वन्द, श्रीकृष्ण परियारको कोरियोग्राफी र जयराम थापाको छायाँकन छ ।
‘लाटी’, ‘वृन्दाबन’ र ‘बिरंगना’जस्ता फिल्म निर्देशन गरिसकेका सानेले ‘डोली’ले मनोरंजनसँगै सामाजिक संदेश पनि दिने बताएका छन् ।

ट्रेलर हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्