प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको फिल्म ‘पाहुना’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । युटुबमा राम्रै प्रतिक्रिया बटुल्दै गरेको फिल्म आन्दोलनको समयमा बालबालिकाले भोगेको त्रास र त्यसपछि उत्पन्न परिस्थितिलाई समेटेर बनाईएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु फिचर्ड छन ।

डिसेम्बर ७ बाट प्रदर्शन हुने फिल्ममा पाखी ए टारेवालाले निर्देशन गरेका छन् भने प्रियंका र उनकी आमा मधु चोपडाले निर्माण गरेका हुन् । फिल्ममा  इशिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, विनिता लगुन कलाकारहरुको मुख्य भूमिका रहेको छ । नेपाल प्रदर्शन अघि नै फिल्मले अन्तराष्ट्रिय स्तरका अवार्डहरु हात परिसकेको छ ।
ट्रेलर हेर्नुस :

प्रतिक्रिया दिनुहोस्