‘प्रेमलीला’को पोस्टरमा यस्तो देखियो कलाकारको केमेस्ट्री



रंगखबर, काठमाडौँ- दीपशिखा खड्का मुख्य भूमिकामा अभिनित फिल्म ‘प्रेमलीला’को ४  छुट्टाछुट्टै पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कपाल मुण्डन गरेकी दीपशिखा खड्का, अलि खान र मौसम खड्कालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

नेपाली युवती र भारतीय युवाको कथा प्रस्तुत गरिएको फिल्ममा जनक पाण्डेको निर्देशन छ । फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहलगायतका कलाकारको अभिनय छ ।

नानीमैयाँ कार्कीले निर्माण गरेको फिल्मका लागि दीपशिखा स्वयम्ले कथा लेखेकी हुन् । फिल्म यहि माघ २५ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्