ब्रेकअप गीत: आशिरमान र शिल्पाको रोमान्टिक पल



रंगखबर, काठमाडौँ – फिल्म ‘ब्रेकअप’को दोस्रो गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको ‘हरपल’ गीतमा मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केविचको प्रेम दर्साइएको छ ।

विराज गौतमको शब्द, संगीत रहेको गीतमा आशिरमान र शिल्पाले लामो किस सिन दिएका छन् । जसले भिडियोमा रोमान्चकता पैदा गरेको छ । गीतको शब्द सृजना प्रकाश मल्लले गरेका हुन् ।

हेमराज विसी निर्देशित फिल्ममा समावेश ‘आज हाम्रो भेट भाको दिन (रिमेक) सार्वजनिक भैसकेको छ । जसको रेस्पोन्स ठिक-ठाक छ । निर्माण समयदेखि चर्चामै रहेको ‘ब्रेकअप’लाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक स्वयम् मिलेर निर्माण गरेका हुन ।

पुष २७ मा रिलिज हुने फिल्ममा रेमनदास श्रेष्ठ, सरोज खनाल र इच्छ्या कार्कीको पनि प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्