अनुपबिक्रमले मंसीर १५ मा वर्षालाई भगाउने !



रंगखबर, काठमाडौँ – चैत १ प्रदर्शन मिति गरिएको फिल्म ‘पुरानो बुलेट’को ‘मंसीर १५’ बोलको गीत रिलिज भएको छ । विवाहको महिना मंसीरलाई लक्षित गरि सार्वजनिक गरिएको गीतमा कलाकारद्वय अनुपबिक्रम शाही र वर्षा सिवाकोटीले कम्मर मर्काएका छन् ।

राम भट्टराईको शब्द सृजनामा उत्तमजंग लिम्बुले संगीत भरेको गीतमा उत्तमजंग र मेलिना राईको स्वर छ । गीतको भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका छन् ।

भिसन राई निर्देशित फिल्मको टिजर पनि सार्वजनिक भैसकेको छ । फिल्ममा अनुपबिक्रम र वर्षाका अलावा माला लिम्बु, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बरत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण दाहाललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा उत्तमजंग लिम्बुको संगीत, भिषण/सन्तोषको पटकथा/कथा, हरिघले लामाको छायाँकन, अर्जुन जिसीको सम्पादन, प्रशान्त तामाङ र प्रविन सिंहको कोरियोग्राफी छ ।

सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्ममा अशोक कुमार राई, टिकाराम राई, बिरेन सम्बा र दीपेन लिम्बुको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्