सकियो रुप र आरोहीको ‘गीत गजल’



रंगखबर, काठमाडौँ – नव-कलाकार रुप पोखरेल र आरोही सिंह डेब्यु गरेको फिल्म ‘गीत गजल’ले आफ्नो छायाँकन सकाएको छ । निर्देशक नितिन चन्दले ३५ दिनमा छायाँकन सकिएको घोषणा गर्दा १ गीत खिच्न बाँकी रहेको बताए ।

आरोहण प्रोडक्सन व्यानरमा ‘गीत गजल’लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् । फिल्ममा रुप र आरोहीसँगै रश्मी भट्ट, विशाल पहाडी, भीमा मैनालीलगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा अस्मित पोखरेलको कथा/पटकथा/संवाद, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्