‘जे सुकै होस्’को अपाच्य ट्रेलर



रंगखबर, काठमाडौँ – पुष २० सार्वजनिक मिति तय गर्दै फिल्म ‘जे सुकै होस’को ट्रेलर सार्वजनिक गरिएको छ । दिअर्थि शब्दले भरिएको ट्रेलरमा लागुऔषधका दृश्यहरु पनि भरपुर प्रयोग गरिएको छ ।

फिल्म ‘लूट’ र ‘चपली हाइट’को सफलता पश्चात दिअर्थि र भल्गर दृश्यले भरिएका सेक्स कन्टेन्ट फिल्महरुको बाढी नै आयो । तर, नक्कल गरि बनाएका ति फिल्महरु अहिले सम्झनै गाह्रो पर्छ । ‘जे सुकै होस’को ट्रेलरले तिनै भल्गर फिल्मको झझल्को दिन्छ ।

उमेश गुरुङ निर्देशित फिल्मको ट्रेलर पाच्य लाग्दैन । नाम अनुसारकै काम ट्रेलरले झल्काउछ । नबराज जंग शाहले निर्माण गरेको फिल्ममा उमेश गुरुङ, चन्दा ढकाल, किस्मत तामाङ, रोशन श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरीलगायतले अभिनय गरेका छन् ।

https://youtu.be/Nt3HsGJeJdI

प्रतिक्रिया दिनुहोस्