‘साइँली’को विहेमा दयाहाङ नाँचे फन्केर



रंगखबर, काठमाडौँ – फिल्म ‘साइँली’को ‘नाँच माया’ गीत सार्वजनिक भएको छ । विवाहको परिवेश दृश्यमा उतारेको गीतमा दयाहाङ राईले कम्मर मर्काएका छन् । भिडियो फिल्मका मुख्य कलाकार गौरव पहारी र मेनुका प्रधानको विवाहमा फोकस गरिएको छ ।

हर्क साउदको शब्द सिर्जना, सुशान्त गौतमको संगीत रहेको गीतमा हेमन्त रानाले स्वर दिएका छन् । ‘नाँच माया’ गीतलाई हेर्दा फिल्म भित्र गौरव र मेनुकाले दम्पतिको भूमिका निर्वाह गरेको अनुमान लगाउन सकिन्छ । गत वर्षको हिट गीत ‘साइँली’को नाम सापटी लिएर फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

फिल्ममा केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राईलगायतका कलाकारको पनि अभिनय छ ।

चैत १५ गते रिलिज हुने फिल्ममा शैलेन्द्र डी कार्कीको सिनेम्याटोग्राफी, निमेष श्रेष्ठ/किरण चाम्लिङ राईको सम्पादन र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्मलाई विशाल गुरुङ र मोहन राना मगरले निर्माण गरेका हुन् ।

https://youtu.be/XSurIJbKv9Q

प्रतिक्रिया दिनुहोस्