‘आप्पा’ नाममा दयाहाङ ट्रक ड्राइभर



रंगखबर, काठमाडौँ – एक समयका चर्चित अभिनेता दयाहाङ राई पछिल्लो समय केहि सुस्त छन् । उनका लगातार फिल्म छैनन्, भिन्न भूमिकामा दर्शकले हेर्न पाएका छैनन् र समिक्षकले पनि उनको अभिनयको प्रशंसा गर्न पाएका छैनन् ।

नत, उनको फिल्मले बक्सअफिस नै चम्काएको छ । यसै विच उनि अभिनित फिल्म ‘आप्पा’को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । सोमबार प्रेसमिट गरेर फिल्मको बारेमा जानकारी दिइयो । फिल्ममा दयालाई ट्रक ड्राइभर र पिताको भूमिकामा देख्न सकिनेछ । भूमिकाको बारेमा बोल्दै दया भने ‘यसपटक अलि भिन्न भूमिकामा देख्न सक्नु हुनेछ । विश्वास छ दर्शकलाई मन पर्नेछ ।’

बाबु-छोराको कथा समेटिएको फिल्ममा दया शिर्ष भूमिकामा छन् । यसका अलावा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना काबो लेप्चा र सिद्धार्थराज तामाङले ‘आप्पा’मा अभिनय गरेका छन् । अनमोल गुरुङ निर्देशित फिल्म जेठ २४ मा रिलिज हुनेछ ।

रुदेन सादा लेप्चा र माबो हाङले निर्माण गरेको फिल्म नेपाल रिलिजको एक साता पश्चात भारतमा पनि प्रदर्शन गर्ने बताइएको छ । निर्देशककै कथा रहेको फिल्मलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्