मिडियासँग साम्राज्ञी र प्रेमी देवांशको लुकामारी- भिडियो सहित



रंगखबर, काठमाडौँ – मंगलबार राजधानीमा भव्य कार्यक्रमका बीच फिल्म ‘मारुनी’को घोषणा गरियो । नवल नेपालले निर्देशन गर्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेविका गुरुङ मुख्य भूमिकामा छन् ।

कार्यक्रममा साम्राज्ञी आमा र भाईका साथ पुगेकी थिइन् । फिल्मको घोषणा सकिए लगतै साम्राज्ञीका प्रेमी देवांश जंगबहादुर राणाको इन्ट्री भयो । साम्राज्ञी र देवांशको प्रेम सम्बन्ध सार्वजनिक कार्यक्रममा छताछुल्ल हुँदै आइरहेको छ । तर, उनिहरु मिडिया माँझ प्रेम लुकाउँदै आएका छन् ।

‘मारुनी’ कार्यक्रममा पनि केहि यस्तै दृश्य देखा पर्यो । जो लुकामारी भन्दा कम थिएन । साम्राज्ञीलाई लिएर बाहिरिन खोज्दै गर्दा मिडियाले यो जोडीलाई पच्छ्यायो । उनीहरु मिडियालाई छल्दै मेकअप रूमतिर हानिए । उनीहरु मिडियासँग सात्क्षातकार गर्न चाहदैन्थ्ये ।

करिब आधा घण्टा पछि साम्राज्ञी साथिको स्कुटीमा कार्यक्रम स्थलबाट बाहिरिइन । अलिक अगाडी देवांशले कारमा साम्राज्ञीलाई कुरिरहेका थिए । पुन: मिडियाले फलो गरेपछि साम्राज्ञी चढेको स्कुटीको गति एक्कासी बढ्यो । क्यामराले नभेट्ने ठाउँमा पगेपछी साम्राज्ञी स्कुटीबाट ओर्लिएर देवांशको कारमा चढीन । यसरी मिडिया छल्दै साम्राज्ञी प्रेमीसँग कारमा हुइकिइन ।

देवांश भन्दा अगाडी साम्राज्ञी मयंक खड्कासँगको प्रेम सम्बन्धमा थिइन् । मयंकसँगको ब्रेकअप पश्चात देवांशको प्रेममा परेकी साम्राज्ञीले कहिलेसम्म मिडियासँग लुकामारी खेल्ने ?

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्