क्याप्टेन गीत: अनमोल र उपासनाको गज्जब केमेस्ट्री



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को पहिलो गीत विश्वव्यापी प्रिमियर भएको छ ।  ‘रहर छ सँगै’ बोलको गीतमा अनमोल र डेब्यु गर्ल उपासना सिंह ठकुरीको प्रेम दर्साइएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट दिउँसो ३.३० मा गीत प्रिमियर भएको थियो ।

अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । दिग्गज धौरालीले शब्द भरेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

दीवाकर भट्टराई निर्देशित फिल्ममा पहिलो पटक अनमोल फुटबल खेलाडीको भूमिकामा देखा पर्नेछन् । एक गाउँले फुटबल खेलाडीले राष्ट्रियस्तरको खेलाडी बन्न लागि परेको संघर्षको कथा ‘क्याप्टेन’ले भन्छ ।

भुवन केसी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता जिया केसी हुन् । फिल्ममा अनमोल र उपासनाका अलावा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई, राजाराम पौडेल, सुर्य मल्ल खनाल, बुद्दि तामाङ, अमित श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

फागुन १७ मा रिलिज हुने फिल्ममा दिर्घराज खड्काको सम्पादन, सुदिप बरालको डिओपी, अर्जुन पोखरेलको संगीत, नवराज उप्रेतीको छायाँकन र सामिप्यराज तिमिल्सिनाको कथा छ ।

प्रतिक्रिया दिनुहोस्