‘सुश्री सम्पति’को बुकिङ खुल्यो, प्रारम्भिक शोज कति ?



रंगखबर, काठमाडौँ – मंसीर २८ अर्थात शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘सुश्री सम्पति’का लागि मल्टीप्लेक्समा बुकिङ खुला गरिएको छ । प्रारम्भिक शोजमा फिल्मलाई सन्तोषजनक समयतालिका मिलेका छन् ।

सुब्रतराज आचार्य निर्देशित कमेडी ड्रामालाई देशकै ठुलो मल्टीप्लेक्स क्युएफएक्सबाट १२ शोज मिलेको छ । हलिउड फिल्म ‘स्पाइडर म्यान -इन टु द स्पाइडर भर्स’, अघिल्ला साताका ‘प्रसाद’, र ‘२.०’का कारण ‘सुश्री सम्पति’लाई उल्लेख्य शोज मिलेको छैन ।

त्यस्तै यो साता नेपाली फिल्म ‘कथा ७२’ र ‘डोली’ मल्टीप्लेक्सका केहि शोजमा छन् । यो साताको शोज र्याङ्किङमा ‘स्पाइडर म्यान’ १ नम्बरमा छ भने, ‘प्रसाद’, ‘सुश्री सम्पति’, ‘२.०’, ‘कथा ७२’ र ‘डोली’ क्रमस… २ देखि ६ स्थानसम्म छन् ।

सलोन बस्नेत, सारा सिर्पाइलि र विनोद न्यौपाने अभिनित फिल्मलाई बिग मुभिजबाट २, क्युजबाट १ र एफ क्युबबाट १ शोज प्राप्त भएको छ । बिएसआर मुभिज र सिडिसीमा बुकिङ खुलिसकेको छैन ।

‘सुश्री सम्पति’ले प्रदर्शन पुर्व ठिकैको हाइप सिर्जना गरेको छ । जुन, हाइपको असर प्रारम्भिक शोजमा देखिएको छ । फिल्मले बुधबार गरिएको प्रिभ्यु शोबाट सकारात्मक प्रतिक्रिया बटुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्