बुलबुल टिजर: स्वस्तिमा र मुकुनको मन लोभ्याउने केमेस्ट्री



रंगखबर, काठमाडौँ – स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’को टिजर आउट गरिएको छ । १ मिनेट बढी लामो टिजरमा एक सिन मात्र प्रस्तुत गरिएको छ ।

दृश्यमा स्वस्तिमा र मुकुन भुसालको संवाद, परिस्थिति र हाउभाउ फोकस्ड छन् । केहि सेकेन्ड लामो दृश्यमा स्वस्तिमाको अभिनयले मन जित्छ । भूमिका अनुसार उनि मज्जैले भिजेकी छन् । संवादको अन्त्यमा स्वस्तिमाको भित्री हाँसोले दर्शकको मन जित्छ । फिल्ममा उनि टेम्पो चालिकाको भूमिकामा छिन् । मुकुन स्वस्तिमाको अपोजिटमा छन् ।

बिनोद पौडेल कथा, पटकथा लेखन र निर्देशित फिल्ममा जोएस पाण्डे, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्जल अधिकारी एलिना कार्कीलगायतले पनि अभिनय गरेका छन् ।

अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डे निर्मित फिल्मको ‘खुद्रा खुद्रि माया’ बोलको गीतसमेत सार्वजनिक भैसकेको छ ।

फागुन ३ रिलिज डेट तय गरिएको फिल्ममा सुशन प्रजापतिको छायाँकन, कोशिस क्षेत्रीको संगीत र अनिमेष सापकोटाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्