बाघ गएपछि आएको बुद्दिको के काम, होइनर दयाहाङ ज्यु ?



रंगखबर, काठमाडौँ – अभिनेता दयाहाङ राईको क्रेज खस्किदै गैरहेको भन्ने फिल्म क्षेत्रमा चर्चा हुन् थालेको छ । मंगलबार राजधानीमा आयोजित ‘दयारानी’को प्रेसमिटमा दयाहाङलाई तपाईको क्रेज खस्किदै गैरहेको हो ? भनेर प्रश्न गरियो ।

दयाहाङले त्यो त मिडियालाई नै थाहा होला भन्दै आफु खालि नरहेको जवाफ दिए । उनले आफ्ना आगामी फिल्मको लिस्ट पत्रकारसँगै गनेर सार्वजनिक गरे । प्रदर्शन हुन् र छायाँकनमा जान बाँकी फिल्मको संख्या ९ निक्लियो । ‘जात्रै जात्रा’, ‘आप्पा’, ‘साइँली’, ‘दयारानी’ र ‘निरफुल’ प्रदर्शनका लागि तयार छन् । चार फिल्म छायाँकनमा जान बाँकी रहेको दयाहाङले जानकारी दिए ।

प्राप्त भूमिकामा ज्यान दिन सक्ने अभिनेता भनेर चिनिएका दयाहाङले पछिल्लो समय अभिनयबाट तारिफ बटुल्न सकेका छैनन् । बक्सअफिस सफलता पनि शुन्य जस्तै हुन् थालेको छ । क्रेजताका उनले हात लागेका जस्ता-सुकै फिल्म पनि छोडेनन् ।

नराम्रा फिल्म र भूमिकाको बाहुल्यता बढेपछि उनलाई संख्या घटाएर गुणस्तर तिर ध्यान दिन सुझाव दिइयो । उनले सार्वजनिक कार्यक्रममै अब छानेर मात्र फिल्म खेल्ने डंका फुके । तर, नतिजा जस्ताको तस्तै रह्यो । रिलिज हुन् बाँकी नै ९ फिल्म भनेपछि पत्रकारले जिब्रो टोके ।

हुनत, उनले बाँकी फिल्म सबै पहिले नै साइन गरेको बताए । जे होस् पहिलेको होस् या अहिलेको संख्यात्मक भन्दा गुणस्तरमा ध्यान दिएकै बेस । नत्र ‘बाघ पनि गयो, बुद्दि पनि आयो’ भन्ने स्थिति आइनपर्ला भन्न सकिदैन ।

दयाहाङको फेसबुक पेजबाट

प्रतिक्रिया दिनुहोस्