गोपी ट्रेलर: गाइ पाल्न संघर्षरत विपिन



रंगखबर, काठमाडौँ – विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त स्टारर फिल्म ‘गोपी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ‘घामपानी’ डेब्यु निर्देशक दीपेन्द्र लामाले ‘गोपी’मा मौलिक कथा गाइ पालनलाई उठाएका छन् ।

वैदेशिक रोजगारमा जाने युवापिढीलाई गाइ पालनबाट पनि दशमै केहि गर्न सकिन्छ भन्ने संदेश फिल्मले बोकेको ट्रेलरबाट महसुस गर्न सकिन्छ । फिल्मको शिर्ष भूमिकामा विपिनले अभिनय गरेका छन् । भने, वर्षा र सुरक्षा अपोजिटमा छन्।

ट्रेलर पूर्णत गाइ पालन र यसका समस्याहरुमा केन्द्रित छ । ‘प्राय: अहिले निर्देशकले बनाएका कथामा फिल्म बन्छन । यो कथाले हाम्रो टिमलाई बनाएको हो । व्यवसायिक आफ्नो ठाउँमा छ । यसपटक आउटअफ ट्रयाक गएर कथाको लागि फिल्म निर्माण गरेका छौँ ।दर्शकलाई नयाँ स्वाद मिल्नेछ । निर्देशक लामाले भने ।

स्मरण रहोस, युट्युबमा सार्वजनिक ट्रेलरको म्युजिक पहिलो पटक थ्रिडीमा छ । दर्शकले हेडफोनको सहाराबाट थ्रिडी म्युजिकको मज्जा लिन सकिनेछ ।

माघ १८ गते रिलिज हुने ‘गोपी’मा भोला सापकोटा, अंकीत खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारको पनि अभिनय छ ।

श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । आरोही केसीले निर्माण गरेको ‘गोपी’को कथा निर्देशक स्वयम्ले तयार गरेका हुन् ।

फिल्ममा शैलेन्द्रध्वज कार्कीको डिओपी, न्हयू बज्राचार्य/अर्जुन पोखरेल/कल्याण सिंहको संगीत, गोविन्द राईको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्