TMFK: गीत तथा रिलिज डेट सार्वजनिक



रंगखबर, काठमाडौँ – फिल्म ‘द म्यान फ्रम काठमाडौँ’को पोस्टर तथा गीत रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रम गरि फिल्मबारे जानकारी दिइयो ।

फिल्म चैत १ गते अलनेपाल रिलिज हुनेछ । ‘आकासै घुमेर’ शिर्षकको गीतमा आना शर्मा र जोस मनुअल फिचरिङ छन् । जसोन कुँवर शब्द, संगीत सृजित गीतमा निकिता श्रेष्ठ र जसोनको स्वर छ ।

पेमा धोन्दुप निर्देशित एक्सन, रोमान्टिक फिल्मलाई अन्तरराष्ट्रिय बजारीकरण स्वरुप निर्माण गरिएको निर्माता नकिम उद्दिनले बताए । फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण भएको छ । ‘गन्तव्य, संस्कृति र नेपाली फिल्म क्षेत्रलाई विश्वव्यापी बजारीकरण गर्ने हेतुले फिल्म निर्माणमा लागेका हौँ । ‘द म्यान फ्रम काठमाडौँको सहायताले केहि हदसम्म नेपाली फिल्मको बजार फैलिने कुरामा विश्वस्त छौँ ।’ निर्माता उद्दिनले भने ।

फिल्ममा  जोस मनुअल, आना शर्मा, गुलसन ग्रोभर, हमीद शेख, कर्मा, शिशिर बांग्देल, आमिर गौतम, निर शाह, मिथिला शर्मा, परमिता राज्यलक्ष्मी राणालगायतका कलाकारको अभिनय छ ।

https://youtu.be/c_NXIpHAcVY

प्रतिक्रिया दिनुहोस्