निर्माता वाग्ले भन्छन ‘बक्सअफिसका बारेमा थाहा छैन’



रंगखबर, काठमाडौँ – निर्माता माधव वाग्लेले फिल्म ‘चङ्गा चेट’ हलबाट उत्रिएको २ महिनासम्म बक्सअफिसको डाटा नपाएको बताएका छन् । विहिबार राजधानीमा आयोजित निर्माता संघको कार्यक्रममा सहभागी हुने क्रममा निर्माता वाग्लेले मिडियाले सोधेको प्रश्नमा प्रतिप्रश्न गरे ‘बक्सअफिस के हो ?’

उनले भने, ‘यो बक्स अफिसको कुरा चाहिँ मेरो अध्यक्षलाई र विकास वोर्डको अध्यक्षलाई थाह होला। मलाई केही पनि थाहा छैन, बक्स अफिस के हो भनेर। फिल्मको पैसा पाउने चरणमा छ। सिंगल थियटरबाट आधा जति पाएँ। मल्टिप्लेक्सले हप्तामा पैसा दिनुपर्ने नियम पनि हामीले नै सुरु गरेका हौं। तर, मैले मेरो फिल्मको पूरा पैसा पाएको छैन। के गर्नु दु:ख लाग्दो अवस्था छ।’

वाग्लेले निर्माण गरेको ‘चङ्गा चेट’ कार्तिक १६ गते प्रदर्शनमा आएको थियो । बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को चपेटामा परेको फिल्मले राम्रो व्यापार गर्न सफल भएको थियो । समिक्षात्मक रुपमा ‘ठग्स अफ हिन्दोस्तान’ कमजोर बनेपछि मल्टीप्लेक्सले ‘चङ्गा चेट’ शोज बढाइदिएका थिए ।

बलिउड फिल्मको चपेटाका वावजुत बक्सअफिसमा सेफ ल्याण्डिङ गरेको ‘चङ्गा चेट’को लाइफटाइम कलेक्सनबाट निर्माता वाग्लेले सन्तुष्ट नरहेको बताएका थिए ।

तस्विर: प्रविण रानाभाट/पहिलोपोस्ट

प्रतिक्रिया दिनुहोस्