भ्रष्टचार विरुद्ध ‘१०० कडा दश’को ट्रेलर



रंगखबर, काठमाडौँ- हास्य कलाकार मनोज गजुरेल अभिनित फिल्म ‘सय कडा दश’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर फिल्मका मुख्य पात्रहरु फिचर्ड छन । फिल्म  भ्रष्टचार विरुद्धको कथामा आधारित छ ।

ट्रेलर हेर्नुस :

भ्रष्टचार विरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ ले माघ १८ गतेलाई रिलिज मिति लक् गरिसकेको छ । रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ ।

गजुरेलसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्