युट्युबमा फ्लप ‘गरुड पुराण’को गीत ‘टिक टक’मा हिट



रंगखबर, काठमाडौँ – युट्युबमा गीत/भिडियो हिट भएन ? चिन्ता नगर्नुस यदि तपाइको सामाग्रीमा दर्शक रिझाउन सक्ने संवाद/शब्द छ भने ‘टिक टक’मा हिट हुन् सक्छ । यसको ज्वलन्त उदाहरण नेपाल आइडल विजेता बुद्द लामाको गीत ‘सानी नरिसाउ न’ ।

यो गीतले युट्युब र श्रोता माँझ त्यहि सफलता पाएन । तर, ‘टिक टक’मा भाइरलको रुप लियो । युट्युबमा ४४ लाख बढी भ्युज कमाएको गीतले ‘टिक टक’मा ३० करोड बढी भ्युज पायो । यसको एक टुक्कामा २ लाख ५० हजार बढी भिडियो तयार भए । ‘टिक टक’मा ठुलै रौनक ल्याएको यस गीत विश्वभरका प्रयोगकर्ताले सुने ।

त्यस्तै अर्को उदाहरण बनिदिएको छ, फिल्म ‘गरुड पुराण’को गीत ‘म त पिरिम’मा । निश्चल बस्नेत, कर्मा र प्रियंका सिंह ठकुरीले नृत्य पस्केको गीतले युट्युबमा खासै सफलता पाएको छैन । तर, ‘टिक टक’मा सफलताको झण्डा गाडेको छ ।

युट्युबमा १४ लाख बढी भ्युज कमाएको एस गीतलाई ‘टिक टक’मा ३५ लाख भन्दा धेरै हेरिएको छ । भने, ४५ हजार बढीले भिडियो बनाएका छन् । ‘टिक टक’मा गीत सफल भएपछि निर्देशक सुवास कोइराला हर्षित छन् । उनि भन्छन ‘टिक टकले फिल्मको प्रचारमा सहयोग पुर्याएको छ ।’

फिल्ममा नाजिर हुसेन, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लूनिभा तुलाधर, बसन्त भट्ट, कृष्णभक्त महर्जन, जान्वी बोहरालगायतका कलाकारको अभिनय छ ।

सार्वजनिक ट्रेलरले फिल्मको हाइप बढाउने अनुमान गरिएको छ । किनकी, ट्रेलर हेरेका जतिले राम्रो कमेडी प्रस्तुत गरेको बताएका छन् ।

माघ ४ मा रिलिज हुने फिल्मलाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन् । फिल्मको सहनिर्माता स्वरुप हाइलाइट्स नेपाल र आवाना प्रोडक्सनले सहकार्य गरेका छन् ।

‘गरुड पुराण’को कथा कसम नेपालले लेखेका हुन् । भने, पटकथामा सुवाष कोइराला, बिनोद खतिवडा र आकाश बराल छन् । आकाशले नै फिल्मको संवाद तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्