संवाद बिनाको ‘प्रेमनाथ’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – प्रेमकथामा आधारित फिल्म ‘प्रेमनाथ’को ट्रेलर रिलिज भएको छ । गणेश बेलबासे निर्देशित फिल्मको ट्रेलरले एक्सन, रोमान्स, रोदन , प्रेम र बदलाका दृश्यलाई प्रस्तुत गरेको छ ।

ट्रेलरमा कुनै पनि संवाद प्रयोग गरिएको छैन । चैत २२ गते रिलिज हुने फिल्ममा राज थापा, कृती गौतम, मीयुन जिरेल, गजित विष्ट, सुरबीर पण्डिलगायतका कलाकारले अभिनय गरेका छन् ।

कपिल प्रसाद द्वा कार्यकारी निर्माता रहेको फिल्मलाई गुहेश्वरी बेलबासेले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्