चार सुपरस्टारको एक तस्विर, जसले वर्णन गर्छ वर्तमान अवस्था



रंगखबर, काठमाडौँ – कुनै समय बक्सअफिसमा तहल्का मच्चाएका सुपरस्टार राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट र रमित ढुंगाना पहिलो पटक एकै फ्रेममा अटाएका छन् ।

यो अवसर नेपालगंजमा जुरेको हो । काम विशेषले नेपालगंज पुगेका यी सुपरस्टारको विमानस्थल परिसरमा जम्काभेट भएको थियो । पछि एकै फ्रेममा चार जनाले फोटो खिचे । के कामका लागि यी सुपरस्टार नेपालगंज पुगेका थिए भन्ने बारे यकिन जानकारी आएको छैन ।

विराज भट्टले आफ्नो आधिकारिक फेसबुकबाट फोटो शेयर गर्दै राजेशलाई आदरणीय दाइ र निखिल/रमितलाई साथिसँग भेट भनेका छन् ।

यी चार जनाले एकै साथ अहिलेसम्म स्क्रिन शेयर गरेका छैनन् । बरु दुई वा तीन मिलेर थुप्रै हिट फिल्म दिएका छन् । अहिले राजेश र रमित फिल्मी दुनियाँदेखि केहि टाढा छन् । भने, विराजले ‘साङ्लो’ नामक फिल्म बनाउदै छन् । निखिलले ‘भैरव २’ बनाउने चर्चा छ ।

कुनै समय यी चार सुपरस्टारको नम्बर १ स्थानका लागि प्रतिस्पर्धा हुने गर्दथ्यो । बदलिँदो समयले चारै जनालाई वर्षको टप १० सुचीबाट बाहिर निकालिदिएको छ । करिअरको स्वर्णिम पलमा एक-अर्कासँग त्यति सहज नदेखिने यी सुपरस्टारले एकै तस्विरमा सामेल हुँदा आत्मियताको भान पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्