ढाका टोपी उपहार दिदै शिल्पाले सुरु गरिन ‘भिलेन’ प्रचार-प्रसार



रंगखबर, काठमाडौँ – पुष २७ गते रिलिज हुने फिल्म ‘भिलेन’ले प्रचार सुरु गरेको छ । अंग्रेजी नयाँ वर्ष र ढाका टोपी दिवसको अवसर पारेर कलाकार शिल्पा पोखरेलले पत्रकारलाई टोपी उपहार दिँदै फिल्मको प्रचार सुरु गरिन ।

फिल्ममा शिल्पा मधेशी युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । आफ्नो भूमिका र कथाबस्तुले दर्शक मन जित्ने शिल्पाले आशा व्यक्त गरिन् । फिल्मका अर्का कलाकार कपिल खत्रीले ‘भिलेन’ मार्फत दर्शकले पूर्ण मनोरंजन लिन सक्ने बताए ।

उनले भने ‘फिल्मले सामाजिक विषयबस्तुसँगै एक्सनलाई आत्मसाथ गरेको छ । फिल्म राम्रो बनाउन कुनै कसर बाँकी छोडेका छैनौँ । आशा छ, दर्शकले मन दुखाउनु पर्ने छैन ।’

देवेन्द्र पाण्डे निर्देशित फिल्ममा निखिल उप्रेती र निशा अधिकारीले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । कपिल खत्री र बल बहादुर श्रेष्ठले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा दीपक श्रेष्ठ र सुरज खड्का छन् ।

तस्विर: मेनु तामाङ

प्रतिक्रिया दिनुहोस्