आगामी तीजमा पुष्प, साम्राज्ञी र रेविकाको ‘मारुनी’ घन्किने



रंगखबर, काठमाडौँ – छायाँकन सुरु नहुँदै फिल्म ‘मारुनी’ले रिलिज डेट लक गरेको छ । फिल्म निर्माण कम्पनि पुनम इन्टरटेनमेन्ट र वितरण कम्पनि एफडी बीच ‘मारुनी’लाई आगामी भदौ १३ मा रिलिज गर्ने कागजी सम्झौता भएको हो ।

नवल नेपालको निर्देशनमा बन्ने फिल्मले अब आगामी वर्षको तीज बिदा खानेछ । निर्देशक नेपालले भदौ १३ मा कन्फर्म फिल्म रिलिज हुने जानकारी दिए ।

फागुन ३ देखि छायाँकनमा जाने ‘मारुनी’को अहिले प्रि-प्रोडक्सनको काम भैरहेको छ । ५० दिनको सेड्युल रहेको फिल्मलाई संजय लामाले खिच्नेछन् ।

गोविन्द फुयाँल र निर्देशक नेपालले लेखेको फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी राणा र रेविका गुरुङको मुख्य भूमिका रहनेछ । त्रिकोणात्मक प्रेमकथा रहने फिल्म यी तीनै कलाकारको वरिपरि घुम्नेछ । फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारीलगायतका कलाकारले पनि अभिनय गर्नेछन् ।

फिल्मलाई पूनम गौतम, अजय पोखरेल र राजा प्रधानले निर्माण गर्दैछन । फिल्मको लाइन प्रोड्युसरमा हरि सिलवाल छन् ।

प्रतिक्रिया दिनुहोस्