आगामी असारमा प्रियंका र आयुषमानको विवाह !



रंगखबर, काठमाडौँ – प्रियंका कार्की र आयुषमान देशराज जोशी (आयंक जोडी) अब छिट्टै विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी वर्षको असार महिनामा विवाह तयारी गरिरहेको ‘आयंक’को आधिकारिक विवाह मिति भने तय भैसकेको छैन ।

एक अन्तर्वार्ताका क्रममा प्रियंकाले असारमा विवाह गर्ने जानकारी दिएकी हुन् । यो जोडीले गत असारको अन्तिम साता इन्गेजमेन्ट गरेको थियो । इन्गेजमेन्टको करिब १ वर्ष पछाडी यो जोडीले नयाँ जीवनको सुरुवात गर्न लागेको हो । प्रियंकाले अंग्रेजी पात्रो २०१९ आफ्ना लागि विशेष हुने बताएकी छन् ।

२०१९ मा प्रियंकाले फिल्म निर्माण/निर्देशन गर्ने र ‘आयंक’ नामक फाउन्डेसनबाट समाजसेवामा पनि संलग्न हुने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्