हलमा एक्लै ‘गरुड पुराण’, सुनौलो मौकाको फाइदा उठाउला ?



रंगखबर, काठमाडौँ – वर्षेनी सयको हारहारीमा फिल्म प्रदर्शन हुँदा, ५२ सातामा एभरेजको हिसाबले कम्तिमा दुई फिल्म रिलिज गर्नु पर्दछ । यस्तोमा सोलो रिलिजको मौका एकाध फिल्मले मात्र पाउँछन् ।

सोलो रिलिजको लिस्टमा वर्षेनी हातमा गन्न सकिने फिल्म मात्र हुन्छन । यहि लिस्टमा परेको छ, माघ ४ शुक्रबारबाट रिलिज भएको फिल्म ‘गरुड पुराण’ । यो नेपाली सोलो रिलिज हो । भने, बलिउडको ‘ह्वाई चिट इण्डिया’ र हलिउडको ‘ग्लास’ विदेशी फिल्मस्वरुप भित्रिएका छन् ।

गरुड पुराण

सुभाष कोइराला निर्देशित कमेडी भेन्चरमा कलाकारको भिड छ । गीत र ट्रेलरले फिल्मको हाइप बढाएको छ । त्यस्तै बलिउड र हलिउडका फिल्म त्यति बलिया नहुँदा ‘गरुड पुराण’ले मल्टीप्लेक्समा राम्रो शोज र सिंगलमा राम्रो संख्यामा हलमा पाएको छ ।

यसअर्थमा फिल्मले बक्सअफिस प्रदर्शनमा लागि राम्रो मौका पाएको छ । अब हेर्न बाँकी छ, फिल्मले यो सुनौलो मौकालाई सदुपयोग गर्न सक्छ ?

ब्याण्ड बाजा समुहको कथामा नाजिर हुसेन, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लूनिभा तुलाधर, बसन्त भट्ट, कृष्णभक्त महर्जन, जान्वी बोहरालगायतले अभिनय गरेका छन् ।

फिल्मको कथा कसम नेपालले लेखेका हुन् । भने, पटकथामा सुवाष कोइराला, बिनोद खतिवडा र आकाश बराल छन् । आकाशले नै फिल्मको संवाद तयार गरेका हुन् । अजित प्रजापति र अशोक गौतमले फिल्मको निर्माण गरेका हुन् ।

ह्वाई चिट इण्डिया र ग्लास

इमरान हास्मी स्टारर ‘ह्वाई चिट इण्डिया’ प्रदर्शन पुर्व कन्ट्रोभर्सीमा फसेर चर्चामा आएको छ । सौमिक सेन निर्देशित फिल्मलाई मिश्रीत प्रतिक्रिया मिलेको छ । तर, नेपाली मल्टीप्लेक्समा यसले सर्वाधिक शोज पाएको छ ।

एम नाइट श्यामलन निर्देशित ड्रामा ‘ग्लास’मा एन्ना टेलर जोय, जेम्स म्याकभो, सेम्युअल जाक्सन र ब्रुस विल्लिजलगायतका कलाकारको अभिनय छ । फिल्म मल्टीप्लेक्सका केहि शोजबाट प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्