आशिरमान र शिल्पाको प्रेम, रोमान्स र ‘ब्रेकअप’ !



रंगखबर, काठमाडौँ – आशिरमान देशराज जोशी र शिल्पा मास्के अभिनित फिल्म ‘द ब्रेकअप’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा यी दुई कलाकारलाई सर्वाधिक स्पेस दिइएको छ । भने, ट्रेलरले दुवै बीचको प्रेम, रोमान्स र ब्रेकअपलाई प्रस्तुत गरेको छ ।

हेमराज बिसी निर्देशित फिल्ममा  रेमनदास श्रेष्ठ, सरोज खनाल र इच्छ्या कार्कीलगायतका कलाकारको पनि अभिनय छ । रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक स्वयम्को लगानी रहेको फिल्म फागुन १७ मा रिलिज हुँदैछ । यहि डेटमा अनमोल केसीको ‘क्याप्टेन’ पनि रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्