सलिनको ‘यात्रा’मा सलोन भिलेन ?



रंगखबर, काठमाडौँ – ‘ए मेरो हजुर २’ डेब्यु व्वाय सलिनमान बनियाँ अभिनित दोस्रो फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’को टिजर रिलिज भएको छ । १ मिनेट २ सेकेन्ड लामो टिजरले प्रेमकथा प्रस्तुत गरेको छ ।

टिजरमा सलोन बस्नेतलाई भिलेनको अवतारमा प्रस्तुत गरिएको छ । भने, सलिनमान र मालिका महत प्रेमजोडीको रुपमा प्रस्तुत छन् । मालिकाको लागि यो डेब्यु फिल्म हो ।

सम्राट शाक्य निर्देशित फिल्ममा जान्वी बस्नेत, जयनन्द लामा, रियर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारको अभिनय छ ।

केशब भट्टराई र चिजकुमार श्रेष्ठको प्रस्तुति ‘यात्रा’मा निर्देशक स्वयम्को कथा तथा पटकथा, प्रतिक पौडेल/सुरेश न्यौपाने/शिशिर खतिको लेखन, बनिश शाहको सम्पादन र संजय लामाको छायाँकन छ ।

फिल्म नयाँ वर्षको अवसर पारेर चैत २९ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्